महाभूकम्पको १८ औं दिन सदरमुकाम चरिकोटबाट उत्तर तामाकोसी किनारका सबै बस्ती र बजारमा पहिरो खसेपछि स्थानीयको बिचल्ली

दोलखा/काठमाडौं  – महाभूकम्पको १८ औं दिन सदरमुकाम चरिकोटबाट उत्तर तामाकोसी किनारका सबै बस्ती र बजारमा पहिरो खसेपछि स्थानीयको बिचल्ली भएको छ । बीचमा खोला र दायाँबायाँ भीरको चेपमा परी सयौं सर्वसाधारण यता न उता भएका छन् । उनीहरूले अविलम्ब उद्धारका निम्ति सरकारसँग आग्रह गरेका छन् ।



सिंगटी बजारका विनोद तामाङले मंगलबारको शक्तिशाली भूकम्पबाट तीन घरबाहेक सबै भत्किएको बताए । लादुक र लामिछाडा बजार क्षेत्रमा माथिबाट ठूल्ठूला ढुंगासहित पहिरो खस्ने क्रम जारी छ । बिगुबाट आएको ठाडो खोला र तामाकोसी थुनिन सक्ने खतरा छ ।