मंगलबार भूकम्प गए लगत्तै हराईरहेको अमेरिकन सेनाको हेलिकोप्टर दुर्घट्नामै परेको निष्कर्ष

हराईरहेको अमेरिकन सेनाको हेलिकोप्टरको अहिलेसम्म भैरहेको व्यापक खोजतलास र उपलव्ध तथ्यहरुको विश्लेषण गर्दा उक्त हेलिकप्टर दुर्घट्नामै परेको नेपाली र अमेरिकन सेना दुवै आन्तरिक निष्कर्षमा पुगेका छन्।
मंगलबार भूकम्प गए लगत्तै दोलखाका लागि उडेको अमेरिकन वायू सेनाको हेलिकोप्टर हराएको ४८ घण्टा वितेको छ।
अमेरिकन मरिनले प्रयोग गर्ने यूएच-१ हुइय हेलिकोप्टर हवाई तथा स्थलमार्गबाट व्यापक खोजी गरिएको छ।
उच्च सैनिक स्रोतले सेतोपाटीलाई भने, हेलिकोप्टर हराएदेखि हामी र अमेरिकनहरू निरन्तर खोजी र छलफलमा छौं। अमेरिकनसँग हाम्रो अहिलेसम्मको छलफलको निष्कर्ष हेलिकोप्टर दुर्घटनामा परेको भन्ने छ।
उनले हेलिकोप्टर सकुशल कतै अवतरण गरिएको या सीमा पार गरेर चिनियाँ भूमीमा प्रवेश गरेको जस्ता अड्कलवाजीमा कुनै सत्यता हुन नसक्ने दावी गरे।
हेलिकोप्टर दोलखाको सुनखानी माथिको आकाश पुग्दासम्म काठमाडौंस्थित टावरसँग सम्पर्कमा थियो। हेलिकोप्टरका पाइलटले काठमाडौं टावरसँग सर्किट एरिया रिपोर्ट गरेका थिए। यो रिपोर्टिङ्गको अर्थ हो- म हेलिकोप्टर अवतरण गर्ने स्थानमा पुगेको छु। पाइलटले त्यसो भनेको निमेषमै हेलिकोप्टर सम्पर्क विच्छेद भएको थियो।
उक्त हेलिकप्टर मंगलबार अपराह्न आएको भूकम्पपछि उद्धार तथा राहत कार्यका लागि भनेर दोलखा गएको थियो। अमेरिकी सेना नेपालमा गएको महाभूकम्पमा उद्धार तथा राहत वितरणमा सघाउन बैसाख २२ गते मंगलबार हुइय ४ वटा र बैसाख २० गते आइतबार ४ वटा एमभी-२२ ओस्प्री हेलिकोप्टर काठमाडौं आएका थिए।
अमेरिकन सेनाका हेलिकोप्टरलाई काठमाडौंबाट काभ्रे, दोलखा, रामेछाप र ओखलढुंगामा राहत सामाग्री वितरणको जिम्मेवारी दिइएको छ।
नेपाली सेनाका अनुसार हराईरहेको हेलिकोप्टरमा अमेरिकी चालकदलका ४ सदस्यसहित अन्य २ अमेरिकन र दुई नेपाली सैनिक थिए।
नेपाली सेनाद्वारा सञ्चालित अपरेशन्स संकटमोचन