नेपालमा शक्तिशाली भूकम्प गएको तीन सातासम्म पनि भूकम्पका पराकम्पन रोकिएका छैनन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहानै ४.४ रेक्टर स्केलको पराकम्पन गएको छ। दोलखालाई नै केन्द्र विन्दुर बनाएर पराकम्पन गएको केन्द्रले जनाएको छ।
बिहान ११: ३० रामेछाप केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्पन गएको छ । शनिबार राति भूकम्पका एउटा पनि पराकम्पन गएन।