भूकम्पपीडितलाई उद्धार तथा राहत वितरण गर्न दोलखा गएको अमेरिकी हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयो

काठमाडौं । भूकम्पपीडितलाई उद्धार तथा राहत वितरण गर्न दोलखा गएको अमेरिकी हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका सैनिकहरुको शव काठमाडौं ल्याइएको छ ।
अमेरिकी सेनाकै हेलिकप्टरमार्फत शव काठमाडौं ल्याइएको हो । यसअघि, दुर्घटनाको छानविन गर्न नेपाली सेनाले समिति गठन गरेको थियो ।
नेपाली सेनाको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न हवाई महानिर्देशनालयका सहायक रथी पाइलट सुधीर श्रेष्ठको संयोजकत्वमा पाँच सदसिय समिति बनाइएको छ ।
सैनिक मुख्यालयले घटना अध्ययन गरी प्रतिवेदन बुझाउन छानविन समितिलाई दुई दिनको समय दिएको छ । यसैबीच अमेरिकाले पनि अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाबारे आन्तरिक छानबीन थालेको जनाएको छ ।
६ जना अमेरिकी सेना र दुई नेपाली सेना गरी आठ जना सहितको अमेरिकी हेलिकप्टर दोलखामा उद्धारका लागि गएको बेला सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त भएको हो । इमेजखबरमा समाचार छ ।