इराकको रमादी शहर आइएसको कब्जामा गएलगत्तै सयौंको संख्यामा शिया लडाकुहरु तैनाथ

इराकको रमादी शहर इस्लामिक आतंकबादी समूह आइएसको कब्जामा गएलगत्तै इराक सरकारले सयौंको संख्यामा शिया लडाकुहरु तैनाथ गरेको छ ।
रमादी शहरमा तैनाथ सेनासंगको लामो संघर्षपछि रमादी शहरबाट इराकी सेना फिर्ता भएको अवस्थामा शिया लडाकुहरु तैनाथ गरिएको हो ।
बख्तरबन्द गाडीसहित इराक प्रवेश गरेका तीन हजार लडाकुहरुले एक शिविर खडा गर्नुका साथै आइएस बिरुद्धको कारबाहीलाई तीब्रता दिने इराक सरकारको भनाई छ ।
आइएसले इराकको बिभिन्न शहर नियन्त्रणमा लिई रमादी शहर समेत कब्जा गरेपछी इराक सरकार अप्ठेरोमा परेको छ ।
यसैबीच आइएसले रमादी शहरमा पाँच सयजनाको हत्या गरेको खुलासा भएको छ ।
अमेरिकी गठबन्धन सेनाले रमादी शहरमा स्थलगत र हवाई कारबाही थालेपछी आइएसले पाँच सय जनाको हत्या गरेको हो । एजेन्सी