राष्ट्रसंघका महासचिव बान कि मुनको उत्तर कोरिया भ्रमण उत्तर कोरियाले एकतर्फी रुपमा रद्द गरेको जानकारी दिएको छ । उनलाई भ्रमणका लागि उत्तर कोरियाले यसअघि आमन्त्रण गरेकोमा बुधबार अकस्मात सो भ्रमण आफैले रद्द गरेको जानकारी दिएको हो ।
महासचिव बानले उत्तर कोरियाका केही औद्योगिक क्षेत्रको भ्रमणको चासो राखेका थिए। सो भ्रमणका लागि उत्तर कोरियाले उनलाई आमन्त्रण पनि गरेको थियो । विश्वको लगभग एक्लो कूटनीति मानिएको सो देशको भ्रमणका लागि महासचिव बानले समय तय गरेको तर अकस्मात बुधबार आएर उत्तर कोरियाले नै सो निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बानले उत्तर कोिरयाको कदमबाट आफू निकै दुःखी बनेको बताएका छन्।
यसै हप्तामात्र महासचिव बानले उत्तर कोरियालाई कुनैपनि हिसाबले सैनिक तनाव बढाउने वा कोरियाली प्रायद्वीपलाई अस्थिर बनाउने काम नगर्न सार्वजनिक रुपमा नै आग्रह गरेका थिए।
सो आग्रहपछि उत्तर कोरियाले कुनै प्रतिक्रिया भने दिएको थिएन । उत्तरले केहीदिन अघि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र परीक्षणको सर्वत्र विरोध भएको थियो । त्यसपश्चात नै महासचिव बानले उत्तरको भ्रमणका लागि चासो देखाएका थिए।
बानले आफ्नो ट्वीटर अकाउन्टमा भनेका छन्