प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा गुणस्तरीय बिउ,दुध र मासुजन्य पदार्थ संग सम्बन्धित नितिगत सस्थाहरु प्बिचान सम्बन्धि जिल्ला स्तरीय सार्बजनीक निजी सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
कृषि उद्यम केन्द्र काठमाण्डौ र उद्योग बाणिज्य संघ अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले असल, बिउ, शुद्ध दुध र गुणस्तरीय मासु उपलब्ध गराउनकालागि उत्पादक , बितरक र उपभोक्तहरु सबै सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका छन ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवाली, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेल, नेपाली काग्रेसका जिल्ला सचिब बासुदेब आचार्य, एमाओबादीका रामबहादुर रायमाझि, राप्रपाका देबीबहादुर खड्का, जनमुक्ति पाटीका टोपबहादुर बलाल, कृषकहरु ग्णेश बन्जाडे, कुशल भुसाल, ज्ञानबहादुर बिक, गोकर्ण बनजाडे, मिश्रा आचार्य लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा जिल्ला पशु सेबा कार्यलयको कार्यपत्र डा. रामनारायण मण्डल, कृषि बिकास बैकको कार्यपत्र नेता भुसाल, जिल्ला कृषि बिकास कार्यलयको कार्यपत्र बाबुराम चुँदालीले प्रस्तुत गरेका थिए ।
कार्यक्रम उद्योग बाणिज्य संघ अर्घाखाँचीका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठको अध्यक्षता, महासचिब नेत्रप्रसाद भुसालको सञ्चालन र उपाध्यक्ष युबराज श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।