साउदी अरबको एक शिया मस्जिदमा आइएस लडाकूहरुले आक्रमण गरी २१ जनाको हत्या गरेका छन् ।
शुक्रबारको प्रार्थना चलिरहेकै समयमा गरिएको आक्रमणमा सयौं व्यक्ति घाइते भएका छन् । आइएसले आफ्नो ट्वीटर एकाउन्टमार्फत् आक्रमणको जिम्मेवारी लिएको हो ।
पूर्वी साउदी अरबको सूबे क्षेत्र जहाँ अल्पसंख्यक शियाहरु बस्छन्, त्यहाँ यो आक्रमण गरिएको हो ।
उता, सिरियामा त आइएसले आधा भू-भाग नै कब्जामा गरेको दाबी सिरियाली संस्थाले गरेका छन् ।
सिरियाको पल्माइरा र इराकको रामादी जस्ता ऐतिहासिक सहर आइएसको हातमा जानुले आफूहरुलाई ठूलो धक्का लागेको आइएसविरुद्ध अन्तर्राष्ट्रियस्तरमा युद्धको नेतृत्व गरिरहेको अमेरिकाले समेत जनाएको छ । (एजेन्सी)