मेक्सिकोको मिचाअकन राज्यको तन्हुआतो सहरमा सुरक्षाकर्मी र हतियारधारी समूहबीच गोली हानाहान हुँदा कम्तिमा ४३ जना मारिएका छन् ।
मारिनेमा एकजना प्रहरी अधिकृत पनि छन् । रातको समयमा भएको घटना लागूऔषध कारोबारीसँग जोडिएको अनुमान गरिएको छ ।
त्यस क्षेत्रमा सुरक्षा निकाय र लागूऔषध तस्करबीच लामो समयदेखि हिंसात्मक संघर्ष हुँदै आएको छ ।
मेक्सिकोका विभिन्न राज्यहरु लागूऔषध तस्करीसँगसम्बन्धी घटनाका कारण समस्यामा पर्दै आएका छन् । (एजेन्सी)