भारतमा अकूत सम्पत्ति आर्जन गरेको मुद्दामा सफाइ पाएकी जयललिताले पाँचौपटक तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिएकी छन् ।
शनिबार मद्रासमा आयोजित विशेष समारोहमा जयललिताले २८ मन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि तमिलनाडुका मुख्यमन्त्री ओ पनिरसेल्भमले पदबाट राजीनामा दिएर जयललितालाई पुनः मुख्यमन्त्री बन्न मार्ग प्रशस्त गरेकी थिइन् ।
कर्नाटक राज्यको उच्च न्यायालयले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइदिनुअघि जयललितालाई बैंगलुरुस्थित विशेष अदालतले अकूत सम्पत्ति जोडेको मुद्दामा चार वर्षको जेल सजाय र १ अर्ब भारतीय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि उनले मुख्यमन्त्री पद छोड्नु परेको थियो ।
गत सेप्टेम्बरमा जयललितालाई पक्राउ गरिएको थियो । करिब दुई दशकसम्म विवादको विषय बनेको यो मुद्दाको फैसलापछि ६७ वर्षीया जयललिता फेरि राजनीतिमा फर्कने अड्कल गरिएको थियो । एजेन्सी