रुसी राष्ट्रपति पुटीनद्दारा विदेशी संस्थाहरुमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर

रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले आफ्नो मुलुकमा संचालन भइरहेका विदेशी संस्थाहरुमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन् ।
नयाँ कानुनले रुसी इच्छा विपरित त्यहाँ संचालन भइरहेका अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा फर्महरुमाथि कारवाही सुरु गर्न बाटो खोलेको छ ।
कानुनमा रुसले नरुचाएका संस्थाहरुमाथि प्रतिवन्ध लगाउने लेखिएपनि यसको स्पष्ट ब्याख्या भने गरिएको छैन ।
आलोचकहरुले यसलाई मानवअधिकार विरुद्ध क्रमेलीनको अर्को तानाशाही कदम भनेका छन् ।
रुसी सरकारी समाचार एजेन्सी ईन्टरफ्याक्सले रुसको संवैधानिक प्रवधान र यसको आधार, राष्ट्रिय सुरक्षा र प्रतिरक्षा क्षमतामा चुनौती पैदा गर्न सक्ने विदेशी संस्थाहरुलाई रुसमा संचालन हुन नदिन यो कानुन ल्याइएको बताएको छ ।
रुसमा मानविय सहायताको नाममा खोलिएका संघ संस्थाहरु पछिल्लो समय राष्ट्रपति पुटिन र रुसी संस्थापन विरुद्ध जनमत बनाउन लागिपरेको भन्दै क्रमेलिनले यो कानुन पास गरेको हो । एजेन्सी