ढाकावाङमा ३० वर्षदेखि ७ सय १५ घरधुरीले उपयोग गर्दै आएको मुहान सुकेपछि खानेपानीको समस्यामा

ढाकावाङ, अर्घाखाँची । अर्घाखाँचीको एउटा खानेपानी आयोजनाको मुहान सुकेको छ । वैशाख १२ गते गएको भूकम्प पछि कारण ढाकावाङ गाविसमा गएको ३० वर्षदेखि ७ सय १५ घरधुरीले उपयोग गर्दै आएको खानेपानीको मुहान सुकेको खानेपानी उपभोक्ता समितिका सचिव नारायण खनालले बताउनुभयो ।
ढाकावाङ गाविसका ८ वटै वाडका झण्डै सात सय १५ घरधुरी, ५ सरकारी र एक निजी विद्यालयलाई पुग्ने खानेपानी आउने गरेको मुहान सुकेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् । गोखुंगाको सेपानीमा रहेको मुहानबाट ढाकाबांग गाविसमा खानेपानी ल्याउनका लागि पाँच वर्ष लागेको थियो । 
२०३८ सालमा सुरु भएको योजना २०४२ सालमा सम्पन्न भएपछि ढाकाबांग गाविसका स्थानीय बासिन्दाको खानेपानीको समस्या समाधान भएको थियो । खानेपानी आयोजनाका ८२ धारामा पानी आउने मुहान सुकेर पानी आउन छाडेपछि अहिले ढाकाबांगका स्थानीय बासिन्दाले पँधेरो र खोलाको पानी खान बाध्य भएका छन् ।
जिल्ला खानेपानी सरसफाइ कार्यलयको टोलीले पनि सुकेको पानीको मुहानको निरीक्षण गरेर फर्किएको छ । पानीको मुहानमा पानी सुकेको र उपभोक्तामा खानेपानीको समस्या देखिएको निरीक्षणमा गएकी प्राबिधिक तारा केसीको भनाई छ । ढाकाबांग गाविसका स्थानीयबासिन्दा अहिले कल्पनै नगरेको पानीको मुहान सुकेपछि अचम्मीत भएका छन ।

अन्य समाचारहरु