चीनको हेनान प्रान्तमा सोमबार एक निजी अपार्टमेन्टमा आगलागि हुँदा ३८ जनाको ज्यान गएको छ। आगलागिमा परी ६ जना घाइते भएका छन्।
सोमबार साँझ ७.५५ बजे अपार्टमन्टमा आगो लागेको थियो। सो अपार्टमेन्टमा बुढाबुढीको स्याहार केन्द्र सञ्चालन गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। आगलागिको कारण खुल्न सकेको छैन्। अधिकारीहरुले घटनाको अनुसन्धान गरिरेहका छन्।
गत फेब्रअरीमा चीनको ग्युंगदोङ प्रान्तमा भएको आगलागिमा १७ जनाको ज्यान गएको थियो भने सन् २०१३ मा जिलिन प्रान्तको एक कुखुरा मार्ने घरमा आगो लाग्दा १ सय २० जनाको मृत्यु भएको थियो। एजेन्सी