प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १५ जेठ । स्थानीय शान्ती समिति अर्घाखाँचीको आयोजनामा शान्ती निर्माणमा राजनितिक दल, राजनितितिकदलका भातृसंगठन र युबाहरुको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगीता सन्धिखर्कमा सम्पन्न भएको छ ।
माध्यमिक तहका स्रोत केन्द्रबाट छानिएर आएका १२ जनाले भाग लिएको प्रतीयोगीतामा सिद्ध नेरा माबी मरेंगका लिलाम्बर आचार्य प्रथम, अर्घा रजस्थल माबीका बिजय आचार्य र सिद्ध माबी बागीका रमेश कुवर द्धितीय भएका छन । ज्ञान प्रकास माबीका अर्जुन बस्याल र सरस्वती माबीका रमेश कुवर तृतीय भएका छन ।
प्रतियोगीतामा मालिका इंगलिस बोर्डिंग स्कुल ठुलापोखराका बिबस पन्थीले सान्त्वना स्थान हासिल गरेका छन ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले उद्घाटन गरेको बक्तीत्वकला प्रतीयोगीतामा प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल,स्थानीय बिकास अधिकारी हरिप्रसाद ज्ञवाली, जिल्ला शिक्षा अधिकारी धनसिंह धामी, नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका जिल्ला सचिब रामबहादुर चौहान, एमाओबादीका चन्द्रबहादुर खड्का, राप्रपाका जिल्ला अध्यक्ष देबीबहादुर खड्का बिद्यालय निरिक्षक बेगम केसी, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम स्थानीय शान्ती समितिका संयोजक ठाकुर बिकको अध्यक्षता, सदस्य सोभाखर पन्थीको सञ्चालन र पुर्ब संयोजक रामजी प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।