कांग्रेसको प्रशिक्षण र सभा सुवर्णखालमा सम्पन्न

प्रेमनारायण आचार्य
सुवर्णखाल, अर्घाखाँची १५ जेठ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय कार्य समिति अर्घाखाँचीको आयोजनामा दक्षिण खाँचीको प्रशिक्षण तथा सभा सुवर्णखालको मन्द्रे निमाबीको प्रांगणमा सम्पन्न भएको छ । 
   
   सभालाइ सम्बोधन गर्दै नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा महिला नेतृ पुस्पा भुसालले अहिलेको अबस्थामा सरकार परिबर्तन नहुने बताउदै संकटको समयमा फुटेर हैन जुटेर अघि बढ्नु पर्ने बताउनु भयो । महिला नेतृ भुसालले भुकम्प पिडीतको राहात र पुनस्थापनाकोलागि दल भन्दा पनि माथी उठेर काम गर्नु पर्ने बताउनु भयो । 
  काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले दक्षिण खाँचीको समग्र बिकासकालागि आफु लागि परेको बताउदै आफ्नै पहलमा बिकासका सम्भाबना अघि बढेको बताउनु भयो । उहाले अर्घाखाँचीको समग्र बिकासमा नेपाली काग्रेसको भुमिका उल्लेख्य रहेको बताउनु भयो । 
  जिल्ला सचिब बासुदेब आचार्यले आफुहरु जिल्लाको बिकासकालागि मरि मेटेर लागेको बताउदै दक्षिण खाँचीको बिकास  काग्रेसकै पहलमा अघि बढेको धारणा राख्नु भयो । 
    कार्यक्रममा काग्रेसका महासमिति सदस्य सुर्यप्रसाद अधिकारी,  महाधीबेसन प्रतिनिधि तथा जिल्ला सदस्य बिष्णु प्रसाद खनाल मुस्कान, जिल्ला सदस्यहरु कृष्ण प्रसाद शर्मा, अमिर हाम्जा, छबिलाल पौडेल, नरेन्द्रकुमार श्रेष्ठ, बाबुराम पौडेल लगायतले आआफ्नो  मन्तब्य राखेका थिए ।  
   गाविस सभापतिहरु पेखराथोकका अच्युत गौतम, खाँचीकोटका बिष्णु भुसाल,जुकेनाका तुल्सी पौडेल,काग्रेस दक्षिण खाँचीका स्थानीय अगुवा नेताहरु क्मल पैडेल, तारापती बिसी, मोती बेल्बासे, माधब पौडेल,पदम क्षेत्री,तिलकराम बेल्बासे, लेखनाथ पाण्डे,शिक्षक संघका कृष्ण प्रसाद खनाल, राजेन्द्र पौडेल , प्रेस युनियनका जिल्ला अध्यक्ष सुर्यप्रसाद भुसाल, नेबिसंघका नेता शेसकान्त गैरे,रुद्रमणि भुसाल, बलु पाण्डे, बालकृष्ण मुखीया, कर्मचारी संघका जिल्ला अध्यक्ष तारा प्रसाद खनाल, मुस्लीम संघका खबर महमद मिया, जमसेर मिया लगायतले कार्यक्रममा धारणाा राखेका थिए । 
  कार्यक्रममा ७५ बर्ष माथीका १५ जना बृद्धबृद्धालाइ कार्यक्रमकी प्रमुख अतिथि काग्रेस केन्द्रिय सदस्य पुस्पा भुसालले दोसल्ला ओढाएर सम्मान गर्नु भएको छ । कार्यक्रम क्षेत्रीय सभापति मणिराम पौडेलको अध्यक्षता, सचिब हेमन्त बेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु