जापानमा ७.८ रेक्टर स्केलको भूकम्प

टोकियो – जापानमा शनिबार साँझ ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
चिचिसिमा नजिकै स्थानीय समयअनुसार साँझ ८ बजेर २४ मिनेटमा भूकम्प गएको हो । जापान मेट्रोलोजिकल एजेन्सीले भूकम्पपछि सुनामीको सम्भावना नरहेको जनाएको छ ।
यसअघि प्रारम्भिकरुपमा ८.५ मापन गरिएको जनाइएको थियो ।
भूकम्पले राजधानी टोकियो र योकोहामामा पनि झण्डै एक मिनेट हल्लाएको थियो ।
भूकम्पपछि क्षतिको रिपोर्ट नआएको जापान टूडेले जनाएको छ ।
भूकम्पको झड्काले टोकियोमा गाडी र ट्रेन केहीबेर अबरुद्ध भएको थियो । एजेन्सी