सन्धिखर्कका शिव प्रसाद पौडेलद्दारा ८४ पूजा गर्ने पैसा गरिव जहेन्दार विद्यार्थीलाई प्रदान

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची जेठ १९ । ८४ वर्ष पुरा गर्ने व्यक्तिलाई निकै शौभाग्य शाली ठानिन्छ ।  हिन्दु परम्परा अन्र्तगत ८४ पुरा गरेका वृद्धवृद्धाहरुलाई उनीहरुका छोरा नातिहरुले  ८४ पुजा लगाइदिने प्रचलन छ । धेरै धन सम्पत्ति भएकाले लाखौं खर्च गरि यो पुजा लगाउने गर्छन । सामान्य आर्थिक अवस्था भएकाहरुले सकि नसकि भएपनि  आफन्तको ८४ पूजा गरिदिएकै हुन्छन् । तर यसरी पूजा गरेर खर्चेको रकमले कुनै अर्थ राख्दैन । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नंं. २ का शिव प्रसाद पौडेल ८४ वर्षको पुगे ।
 उनको मनमा ८४ पूजा गरेर पैसामा जोख्खिएर तुलादान गर्ने बिचार रहेन । उनले  पूजा गरेर खर्च गर्ने पैसा सन्धिखर्कमा रहेको पाणिनि वहुमुखी क्याम्पसका दलित जेहेन्दार विद्यार्थीका लागि छात्रवृतिमा लागाउने बिचार गरे । उनले क्याम्पसका लागि १ लाख ५० हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेर विद्यार्थीको अध्ययनमा सघाउ पु-याउने भएका छन् । तडक भडकका साथ पूजा लगाएर पुण्य कमाइदैन उनले भने, गरिव जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुगे त्यसबाट पुण्य मिल्छ भन्ने लागेको छ । उनले क्याम्पसका विद्यार्थीको छात्रवृतिका लागि पैसा खर्च गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनी अक्षय कोषलाई वृद्धि गरि धेरै विद्यार्थीको पढाइमा सघाउ पु-याउने सोँचमा छन् ।
 पौडेल परिवारले एक कार्यक्रमको आयोजना गरि क्याम्पस प्रमुख ज्ञानवहादुर क्षेत्रीलाई नगद हस्तान्तरण गरेका छन् । शिवप्रसादका जेठा छोरा विष्णु प्रसाद पौडेलले विभिन्न ढंगले पूजाआजा लगाएर अनावश्यक पैसा खर्च गर्नु भन्दा  सामाजिक कार्यमा खर्च गर्नु पर्ने बताउँछन् । वुवाकै इच्छा अनुसार परिवारका सबै सदस्य बसेर क्याम्पसमा अक्षकोष स्थापना गर्ने निर्णय ग-यौं उनले भने । क्याम्पस प्रमुख क्षेत्रीले अक्षय कोषलाई मुद्धति खातामा राखेर त्यसबाट प्राप्त व्याज विद्यार्थीलाई छात्रवृति स्वरुप प्रदान गरिने बताए । क्याम्पसमा अहिले सम्म कसैले पनि अक्षय कोष अडा गरेको थिएन उनले भने, यो निकै प्रशंसनिय काम हो । उनले शिव प्रसादका परिवारले अक्षयकोषलाई अझै वृद्धि गर्न चाहेकाले धेरै विद्यार्थीको अध्ययनमा ठूलो टेवा पुग्ने बताए ।
 कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य इन्द्रबहादुर क्षेत्री, क्याम्पसका सहप्रध्यापक माधवराज चुँदाली, वावुराम शर्मा पूर्व स्ववियु सभापति प्रेमनारायण गैरे छोराहरु विष्णु पौडेल, गणेश पौडेल, वुहारी मञ्जु पौडेलले बोलेका थिए ।   

अन्य समाचारहरु