अमेरिकाले खुफिया एजेन्सीको फोन डाटा रेकर्ड गर्ने कार्यलाई सीमित गरेको छ ।
सन् २००१ सेप्टेम्बर ११ को अमेरिकी हमलापछि अमेरिकाले अहिले आएर फोन डाटा रेकर्ड कम गर्न लागेको हो ।
अमेरिकाले द युएस फ्रीडम एक्ट नामको संस्था गठन गरी खुफिया एजेन्सीको फोन डाटा रेकर्ड गर्ने निर्णयअनुसार हालसम्म फोन डाटा रेकर्ड हुँदै आएको थियो ।
राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले यसअघि टेलिफोन कम्पनीहरुसँग सीधै फोन डाटा संकलन गर्ने गरेकोमा अब भने अमेरिकी अदालतको आदेशमा मात्रै फोन डाटा रेकर्ड गर्न पाइने भएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतंकवादीसँग लड्न नयाँ कानुन लागू गर्ने जनाएका छन् ।
नयाँ कानुनले सन् २००१ को अमेरिकी हमलापछि लागू गरिएको राष्ट्रिय सुरक्षा नीतिको प्रतिस्थापन गर्नेछ । (एजेन्सी)