देशमा दिगो शान्तीको कामना गर्दै अर्घाखाँची पाणिनि धार्मिक महोत्सब सन्धिखर्कको टुडीखेलमा सुरु (तस्बिर सहित)

प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची २५ जेठ । नेपालमा दिगो शान्तीको कामना गर्दै सन्धिखर्कको टुडीखेलमा आज देखि अर्घाखाँची पाणिनि धार्मिक महोत्सब सुरु भएको छ । अर्घाखाँचीको शैक्षिक धरोहरको रुपमा रहेको  पाणिनि बहुमुखी क्याम्पसको भौतीक संरचना र शैक्षिक गुणस्तर बृद्धिका लागि  सहयोग जुटाउने उदेश्यले सञ्चालन गरिएको  महोत्सब जेठ ३२ गते सम्म चल्ने छ । 

 


 

महोत्सबको वैदिक बिधि पुर्कक पञ्चकन्याले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका छन ।  उद्घाटन अघि १० बजे पञ्चेबाजा र झाकी सहितको ५१ सय कलशको कलश यात्रा निकालिएको थियो । कलस यात्राले सन्धिखर्क र चुत्राबेसी बजारको परिक्रमा गरेको थियो ।  

 



 

महोत्सबमा अन्तराष्टिय कथाबाचक गोबिन्द शरण महाराजले कथा बाचन गर्नु हुने छ । संगीतमय श्रीमद् भागबत कथाबाचन गरिने महोत्सबमा योग बिज्ञान शिबीर , कथा तथा प्रबचन श्रबण सहित  सबै प्रकारका पुजापाठहरु बैदिक बिधिपुर्बक गरिने र संकलित रकम क्याम्पसको भौतिक संरचना निर्माणको लागि खर्च गरिने महोत्सब मुल आयोजक समारोह समितिका संयोजक कमल प्रसाद भुसालले बताउनु भयो । 

 


 

अन्तराष्ट्रिय कथाबाचक गोबिन्दशरण महाराजले नेपालको शान्तीको कामना गर्दै देसका बिभिन्न एक सय आठ स्थानमा धार्मिक महायज्ञ आयोजना गर्ने संकल्प अनुसार महायज्ञको आयोजना गरिएको हो । कलश यात्रामा प्रयोग गरिएका  ५१ सय कलशको बैदीक बिधि पुर्बक पुजा अर्चना गरेर भक्तजनलाई बितरण गरिने कार्यक्र रहेको छ । 

 


 

त्यस्तै हजार शालिकराम भगबानको पुजा अर्चना सहित महायज्ञमा रुद्री चण्डी, ब्रतबन्ध, तुलादान, धानाञ्चल पर्बत, गौदान । लक्षय बत्ती प्रज्वलन सहितका बिभिन्न पुजाआजा  समेत गर्न सकिने आयोजकले बताएको छ । 

 


 

बिहानमा योग शिबीर, पुजापाठ, दिउसो कथा बाचन तथा प्रबचन सहित भजन कृतन,  साझ प्रसाद बितरण र पछि पुन भजनकृतनको कार्यक्रम राखिएको आउोजक सस्थाले जनाएको छ । 

 


अन्य समाचारहरु