नाइजेिरयाको सेनाले आफ्नो मुख्यालय राजधानी अबुजाबाट हिसांग्रस्त शहर माइदिगुरीमा सार्ने

नाइजेिरयाको सेनाले आफ्नो मुख्यालय राजधानी अबुजाबाट हिसांग्रस्त शहर माइदिगुरीमा सार्ने भएको छ ।
बोको हरामको आतंकबाट ग्रस्त पुर्वी बोर्नो राज्यको माईदिगुरी शहरमा सैन्य हेडक्वाटर स्थापनाको काम सुरु भइसकेको नाइजेरियन सेनाले जनाएको छ ।
बोको हराम व्रिदोहीलाई उसको उद्गमस्थल बोर्नो राज्यबाटै सखाप पार्ने भन्दै राष्ट्रपति मुहमदु बुहारीले आफ्नो पहिलो भाषणमै सैनिक मुख्यालय सार्ने घोषणा गरेकम थिए ।
यसले बोको हराम विरुद्धको कारवाही अझै आक्रामक र चुस्त हुने तथा केन्द्र र फिल्डमा खटिएका स्थानियस्तरका सेनाविच दुरी हट्ने दावी नइजेरियन सेनाको छ ।
सेनाले यसअघि आफ्नो हवाई अखडालाई अर्को शहर योलामा सार्ने काम सुरु गरिसकेको छ ।
बोको हराम विरुद्धको कारवाहीलाई तिब्र पार्दै नाईजेरियन सेनाले पछिल्लो केही महिना विद्रोहीको नियन्त्रणबाट केही गाँउ फिर्ता लिएका छन् ।
उत्तरपुर्वी बोर्नो राज्यमा बोको हराम विरुद्धको लडाईमा नाईजेरियालाई छिमेकी मुलुकहरु छाड, क्यामरुन र नाइजरले सहयोग गर्दै आएका छन् । -एजेन्सी