प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २८ जेठ । नेपालमा दिगो शान्तीको कामना गर्दै र क्याम्पसको अस्तीत्व बचाउने उदेश्यले सन्धिखर्कको टुडीखेलमा सोमबार देखि सुरु भएको अर्घाखाँची पाणिनि धार्मिक महोत्सबमा चहलपहल बढिरहेको छ ।
महोत्सबमा अर्घाखाँची सन्धिखर्क नगरपालिका १ की समाजसेबी ब्यक्तित्व चित्रकला खनालले ५ लाख पाच हजार पाच सय ५५, समाजसेबी तथा रेडियो देउरालीका अध्यक्ष देबराज श्रेष्ठले एकलाख एघार हजार एक सय एक एघार सञ्चालक समितिका सदस्य हुम प्रसाद बन्जाडेले एकलाख एघार हजार एक सय एक एघार आर्थिक सहयोग गरेका छन ।
त्यसै गरि सन्धिखर्कका समाजसेबीहरु दुर्गा प्रसाद श्रेष्ठ र नरप्रसाद श्रेष्ठले एक लाख एघार हजार एक सय एघार अर्थिक सहयोग गरेका छन । त्यसै गरि अन्य बयक्तिहरुले पनि सहयोग गरिरहेको आयोजक सस्थाले बताएको छ ।
अर्घाखाँचीको शैक्षिक धरोहरको रुपमा रहेको पाणिनि बहुमुखी कयाम्पसको भौतीक संरचना र शैक्षिक गुणस्तर बृद्धिका लागि सहयोग जुटाउने उदेश्यले सञ्चालन गरिएको महोत्सब जेठ ३२ गते सम्म चल्ने छ ।
महोत्सबमा अन्तराष्टिय कथाबाचक गोबिन्द शरण महाराजले कथा बाचन गरिरहनु भएको छ ।। संगीतमय श्रीमद् भागबत कथाबाचन गरिने महोत्सबमा योग बिज्ञान शिबीर , कथा तथा प्रबचन श्रबण सहित सबै प्रकारका पुजापाठहरु बैदिक बिधिपुर्बक गरिने र संकलित रकम क्याम्पसको भौतिक संरचना निर्माणको लागि खर्च गरिने महोत्सबमुल आयोजक समारोह समितिका संयोजक कमल प्रसाद भुसालले बताउनु भयो ।
क्याम्पस अहिले विद्यार्थीको शुल्कबाट चलिरहेको छ । २६ जना प्रध्यापक र अन्य ६ जना कर्मचारी गरि ३२ जना क्याम्पसमा कार्यरत छन् । यहाँ प्रमाण पत्र तहको पढाइ बन्द भइसकेको छ । गाउँ गाउँमा क्याम्पस सञ्चालन भएपछि यहाँ प्रमाणपत्र तहको पढाइ बन्द भएको हो । स्नातक तहमा व्यवस्थापन, शिक्षा र मानविकिका कक्षा सञ्चालन हुन्छन् भने स्नातकोत्तरमा नेपाली र स्वास्थ्य विषयको पढाइ हुने गरेको छ ।
अन्तराष्ट्रिय कथाबाचक गोबिन्दशरण महाराजले नेपालको शान्तीको कामना गर्दै देसका बिभिन्न एक सय आठ स्थानमा धार्मिक महायज्ञ आयोजना गर्ने संकल्प अनुसार महायज्ञको आयोजना गरिएको हो । कलश यात्रामा प्रयोग गरिएका ५१ सय कलशको बैदीक बिधि पुर्बक पुजा अर्चना गरेर भक्तजनलाई बितरण गरिने कार्यक्र रहेको छ ।
त्यस्तै हजार शालिकराम भगबानको पुजा अर्चना सहित महायज्ञमा रुद्री चण्डी, ब्रतबन्ध, तुलादान, धानाञ्चल पर्बत, गौदान, लक्षय बत्ती प्रज्वलन सहितका बिभिन्न पुजाआजा समेत गर्न सकिने आयोजकले बताएको छ ।
बिहानमा योग शिबीर, पुजापाठ, दिउसो कथा बाचन तथा प्रबचन सहित भजन कृतन,साझ प्रसाद बितरण र पछि पुन भजनकृतनको कार्यक्रम राखिएको आयोजक सस्थाले जनाएको छ ।