कतार गएका युबाहरुद्धारा अर्घाखाँचीका १८ भुकम्प पिडीत घरपरिबारलाई राहत बितरण (तस्बिर सहित)

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ३१  जेठ । रोजगारीको लागि कतार गएका युबाहरुले अर्घाखाँचीका १८ भुकम्प पिडीत घरपरिबारलाई राहत बितरण गरेका छन । 
 


 


अर्घाखाँचीबाट रोजगारीकोलािग कतार गएका जिल्लाबासीहरुको साझा संगठन अर्घाखाँची सेवा समाज दोहा कतारले सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरि १८ घरपरिबारलाई राहात बितरण गरेको हो । 
 


 


सन्धिखर्क नगरपालिकाका सहित  अड्गुरी, ढिकुरा नुवाकोट र धारापानीका १८ घरपरिबारमध्ये ४ घरपरिबारलाई लाई प्ति घरपरिबार  एक बण्डल जस्तापाता, ५ घरपरिबारलाइ ५ हजार , ३ घरपरिबारलाई ३ हजार, ३ घरपरिबारलाई २५ सय र ३ घरपरिबारलाई दुई हजारका दरले नगद रुपैया आर्थिक सहयोग  प्रदान गरेको अर्घाखाँची सेवा समाज दोहा कतारका संरक्षक नारायण खनाले बताए  । 
  अर्घाखाँचीबाट कतारमा गएका युबायुबतीको सानो सहयोगले पनि भुक्मप पिडीतको घाँउमा मलाम लगाउन सकिने र थोरै थोरै राहात सहायोले पनि पिडीतको घाउमा मलामपटी लगाउने हेतुले राहात बितरण गरिएको   अर्घाखाँची सेवा समाज दोहा कतारका पुर्ब कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
  जिल्लाका अन्य स्थानमा पनि भुकम्प पिडीतको लागि राहात वितरण गरिने र राहात नपाएका र सहयागे गर्नु पर्ने खालका परिवार लाइृ राहात बितरण कार्य जारी रहने सेवा समाज दोहा कतारका पुर्ब कोषाध्यक्ष  श्रेष्ठको भनाई छ ।
  
 


राहात बितरण कार्यक्रममा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य तथा पुर्ब अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, एमालेका जिल्ला उपसचिब तथा युबा नेता प्रेमनारायण गैरे, नेपाल पत्रकार महासंघका सचिब प्रेम आचार्य, अर्घाखाँची सेवा समाज दोहा कतारका सचिबालय सदस्य किशोर केसी लगायतले मन्तब्य राख्दै कतारमा कार्यरत जिल्लाबासीले गरेको सहयोगको प्रशंसा गरेका थिए । 
 


 


राहात बितरण कार्यक्रमअर्घाखाँची सेवा समाज दोहा कतारका संरक्षक नारायण खनालको अध्यक्षता र पत्रकार सुर्य प्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।
 
 


यस अघि गएको मंगलबार पनि  अर्घाखाँची सेवा समाज दोहा कतारले भगबती गाविसका ९ घरपरिबारलाई राहात बितरण गरेको थियो । भगबती गाविसका ३ घरपरिबारलाई १० पाताका दरले जस्ता पात, ५ घरपरिबारलाई ५ हजारका दरले नगद र एक घरपरिबारलाई ३० केजी चामल राहात स्वरुप प्रदान गरेको अर्घाखाँची सेवा समाज दोहा कतारका अध्यक्ष युबराज पाण्डेले बताएका छन ।
 
 


यसै बिच सुनियोजीत रुपमा बिभिन्न सामाजीक सञ्जालमा अर्घाखाँची सेवा समाज दोहा कतारलाई बदनाम गराउने खालका अभिब्यक्ति दखिएको प्रति अध्यक्ष पाण्डेले घोर भत्र्सना गरेका छन । 

अन्य समाचारहरु