पाणिनि क्याम्पसको धार्मिक यज्ञमा डेढ करोड संकलन

प्रेमनारायण आचार्य



सन्धिखर्क , अर्घाखाँची ३१ जेठ । नेपालमा दिगो शान्तीको कामना गर्दै र क्याम्पसको अस्तीत्व बचाउने उदेश्यले  सन्धिखर्कको  टुडीखेलमा गएको सोमबार देखि सुरु भएको अर्घाखाँची पाणिनि धार्मिक ज्ञान महायज्ञमा डेढ करोड रुपैया भन्दा बढि आर्थिक संकलन  भएको छ । 

 



 

महोत्सबमा जिल्ला बिकास समिति अर्घाखाँचीले ३५ लाख, सन्धिखर्क नगरपालिकाले ३२ लाख , अर्घाखाँची सन्धिखर्क  नगरपालिका १ की समाजसेबी ब्यक्तित्व चित्रकला खनालले ५ लाख पाँच  हजार पाँच  सय ५५ आर्थिक सहयोग गरेका छन । 

 


 

त्यस्तै सन्धिखर्कका बसन्त भुसालले ढाइृ लाख, नारायण बनजाडेले एकलाख ५१ ह्जार, काग्रेसका सचिब बासुदेब आचार्यले एक लाख २१ हजार आर्थिक सहयोग गरेका छन । 

 



 

सबै सहयोग दाता र कलश सदस्यता बिक्री बाट  यस महायज्ञमा डेढ करोड रुपैया संकलन भैसकेको पाणिनि धार्मिक महोत्सब मुल समारोह समितिका अध्यक्ष कमल भुसालले बताए । ३२ गते सम्म चल्ने यस महायज्ञमा ३ करोडको हाराहारीमा रकम स.कलन हुने अधयक्ष भुसालको भनाई छ । 

 



 

अर्घाखाँचीको शैक्षिक धरोहरको रुपमा रहेको  पाणिनि बहुमुखी कयाम्पसको भौतीक संरचना र शैक्षिक गुणस्तर बृद्धिका लागि  सहयोग जुटाउने उदेश्यले सञ्चालन गरिएको  महोत्सब म.गलबार  सम्म चल्ने छ । 



 महोत्सबमा अन्तराष्टिय कथाबाचक गोबिन्द शरण महाराजले कथा बाचन गरिरहनु भएको छ ।। संगीतमय श्रीमद् भागबत कथाबाचन गरिने महोत्सबमा योग बिज्ञान शिबीर , कथा तथा प्रबचन श्रबण सहित  सबै प्रकारका पुजापाठहरु बैदिक बिधिपुर्बक गरिने र संकलित रकम क्याम्पसको भौतिक संरचना निर्माणको लागि खर्च गरिने महोत्सबमुल आयोजक समारोह समितिका बरिष्ट उपाध्यक्ष चन्द बहादुर खड्काले बताए । 

 



अन्य समाचारहरु