अमेरिकामा 2016 राष्ट्रपतिको निर्वाचनमा जेब बुस रिपब्लिकनका तर्फबाट उम्मेदवार
आषाढ़ १ गते, २०७२ मा प्रकाशित
अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति निर्वाचन रोचक हुने देखिँदैछ ।
पूर्व राष्ट्रपति जर्ज बुशका छोरा र भाइ जेब बुशले पनि आफ्नो पार्टी रिपब्लिकनका तर्फबाट उम्मेद्वारी पाउन अभियान थालेपछि पार्टी निर्वाचन अभियान रोचक हुँदै गएको हो ।
यसअघि डेमोक्रेटिकका तर्फबाट पूर्व राष्ट्रपति बिल क्लिन्टनकी पत्नी एवं पूर्व विदेश मन्त्री हिलरी क्लिन्टनपनि पार्टीका तर्फबाट उम्मेद्वारी पाउन मैदानमा ओर्लिसकेकी छिन् ।
यी दुबैले पार्टी उम्मेद्वारी हात पार्न सके मूख्य निर्वाचनमा जीतका लागि दुई परिवारबीचको भिडन्त रोचक हुनेछ ।
फ्लोरिडाका पूर्व गभर्नर जेब बुशले अमेरिकाको अफ्ठ्यारो भगाउन आफू सक्षम रहेको भन्दै निर्वाचन अभियान थालेका हुन ।
६२ वर्षिय जेबले भिडियोमार्फत् एक महान् देश आफ्नो महानतम् शताब्दीको द्वारमा रहेकाले म नेतृत्वका लागि तयार छु, भनेका छन् ।
यद्यपी, शुरुवाती रुझान भने बुशभन्दा अरु उम्मेदवारतिर बढि देखिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जेबका पिता जर्ज एच डब्ल्यू बुश अमेरिकाका ४१ औं तथा दाई जर्ज बुश ४३ औं राष्ट्रपति बनेका थिए ।
पिता बुशले सन् १९८९ देखि १९९३ सम्म चार वर्ष तथा दाई बुशले सन् २००१ देखि २००९ सम्म आठ वर्ष अमेरिकाको राष्ट्रपति पद सम्हालेका थिए । एजेन्सी
अमेरिकामा अर्काे वर्ष हुन लागेको राष्ट्रपतिको निर्वाचनमा जेब बुस रिपब्लिकनका तर्फबाट उम्मेदवार दिएको घोषणा गरेका छन । आज जेबले सोमबार सो अभियान औपचारिक रुपमा सुरु गरेका हुन् ।
मियामीमा रिपब्लिकनहरुको उम्मेदवारहरुको भिडमा उनले पनि सोमबार आफ्नो नाम दर्ता गरेका हुन् । हुनत बुसले छ महिना अगाडि नै यो दौड सुरु गरिसकेका थिए ।
बुसले निर्वाचनको लागि आर्थिक बृद्धि गर्ने, युरोपलगायतका क्षेत्रको भ्रमण गर्ने तथा निर्वाचनका लागि अवश्यक अभियानहरुमा सहभागी हुदै आएका छन् । तर आफू रिपब्लिकनको तर्फबाट औपचारिक रुपमा उम्मेदवार बन्ने विषयमा भने सोमबारै अबेर घोषणा गर्ने बताईएको छ ।
६२ वर्षका बुसको निर्वाचनको लोगो आइबारै एक निर्वाचन अभियानका क्रममा तयार गरिएको थियो । सेतो पृष्ठभूमिमा रातो अक्षरले जेब लेखिएको सो लोगो उनको निर्वाचनको लोगो हो । उक्त लोगोको आजै अनावरण गरिने बताइएको छ । अमेरिकामा आगामी वर्ष हुन लागेको राष्ट्रपतिको निर्वाचनको अभियान सुरु भइसकेको छ । हिलरी क्लिन्टनले पनि डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएकी छिन् । क्लिन्टनले आफ्नो निर्वाचनको प्रचार अभियान पनि आइबारदेखि नै सुरु गरिसक्नुभएको छ ।