अर्घाखाँची पाणिनी धार्मिक महोत्वसको समापन गर्दै टोपबहादुर रायमाझी भने अब बन्ने राष्ट्रिय सहमतीय सरकारको नेतृत्व कांग्रेस र एमालेबाटै

वीरेन्द्र केसी



सन्धिखर्क,  अर्घाखाँची  – एमाओवादी सचिव एवं संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले अब बन्ने राष्ट्रिय सहमतीय सरकारको नेतृत्व कांग्रेस र एमाले मध्येबाटै हुने बताएका छन् । उनले एक महिनाभित्र संविधान बन्ने र त्यसपछि सरकार परिवर्तन हुने दाबी गरे ।

 


 

अर्घाखाँची पाणिनी धार्मिक महोत्वसको सोमबार समापन गर्दै उनले संविधान निर्माण, संघीयतादेखि सबै कुरामा सहमति भैसकेको र एक महिनाभित्र संविधान बनेरै छाड्ने बताए । प्रमुख दलबीच पहिला संविधान निर्माण गर्ने, दोस्रो विपत व्यवस्थापन र तेस्रोमा सरकार परिवर्तन गर्नेमा सहमति भई संविधान निर्माणको प्रक्रिया अगाडी बढेको उनको भनाइ थियो । 



एमाओवादीले सरकारको नेतृत्वका लागि कांग्रेस र एमाले कसलाई सहयोग गर्छ भन्ने अहिले निर्णय भइनसकेको भन्दै उनले कुरा मिल्नेलाइ नयाँ प्रधानमन्त्रीको लागि समर्थन गर्ने बताए ।



संविधान बनेकै दिन सुशील कोइरालाले राजीनामा दिने उनले दावी गरे । भूकम्प अगाडी चारतिर फर्केका नेताहरु अहिले एकै ठाउँमा ल्याएको उनले बताए ।

अन्य समाचारहरु