न त कुनै सरकारी बजेट न त कुनै देशी तथा विदेशी गैरसरकारी संस्थाहरुको सहयोग । तर पनि देश छाडेर रोजगारीमा विदेशिएका युवाहरुकै पहलमा आधुनिक शिक्षा अभियानले अर्घाखाँचीका कयौ विधालयहरुमा कम्प्युटर लगायतका शैक्षिक सामाग्री वितरण गरेको छ । यसै सन्दर्भमा अर्घाखाँची डट्कमले आधुनिक शिक्षा अभियानका परिकल्पनाकार राजु खड्कासंग लिएको अन्तरवार्ता:
(१) के छ ? नेपाल गएर कहाँ कहाँ के के गरेर आउनु भयो ?
→ जिन्दगी तितो मिठो अनुभब सँगै चलेको छ। बाधा, अबरोध र मित्रहरुको साथ सँगै दौडिरहेको छ। जुन लक्ष्य बोकेर गएको थिए नेपाल त्यो भन्दा पनि राम्रो भयो साथमा भुकम्पको नमिठो अनुभब पनि गर्नुपर्यो। अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान अन्तर्गत योजनामा रहेका ६ वटा स्कुलहरुमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम गरियो। प्रसँगबस अनुरोध आएको अर्घाखाँची जिल्ला अस्पातालमा देश बिदेशमा रहेका साथीहरुको सहयोगले गर्दा मैले स्वयम आफ्नो तर्फबाट २ वटा बेड गरी जम्मा १० वटा बेड हस्तानतरण गर्न पनि सफल भईयो। सामाजिक कार्यलाई अझ प्रभाबकारी कसरी बनाउन सकिन्छ भनी बिभिन्न सरकारी निकाय प्रमुख, राजनैतिक दल, समाज सेवी, पत्रकार मित्रहरु सँग छलफल गरियो।
अभियानका परिकल्पनाकार राजु खड्का । तस्बिर: फेसबूकबाट
(२) तपाईले स्थापना गरेको अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान अहिले कहाँ पुग्यो ? कस्तो कस्तो सहयोग गरिरहनु भएको छ ?
→ अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान एक ब्यक्तीको हैन यो सबैको साझा अभियान हो। योजना पक्कै पनि एक व्याक्तिबाट भएको हो तर यसलाई स्थापना गर्नु र यहाँ सम्मको यात्रामा साथ दिने समाजसेवीहरु धेरै हुनुहुन्छ त्यसैले यो अभियानको सबै मै हुँ भनेर भन्नु मेरो घमण्ड हो र यो हजुरहरु सबैले अहिले सम्म बुझिसक्नु पर्ने बिषय हो । किनकी हाम्रो सबै कार्यक्रमहरुमा यो बिषयमा मैले प्रस्ट पारिसकेको छु। अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानसँग सम्पूर्ण जानकारीहरु हाम्रो अफिसबाट थाहा पाउन सक्नुहुन्छ। सबैलाई समाज प्रति दायित्व बोध गराउने र उहाँहरुलाई जनचेतना जगाई समाजमा परिवर्तन गर्न सन्देश दिने म त केबल एक माध्यम मात्र हुँ। अभियान अहिले तिब्र रुपमा अघी बढीरहेको छ। म आफुबाट हुने सक्दो सहयोग गरिरहेको छु। देश बिदेश मा रहेका सीर्ष ब्यक्ती, समाजसेवी, युवा युवतीहरुसँग संपर्क गरी अभियानलाई अघि के-कसरी बढाउने सर-सल्लाहको साथमा साथ दिनको लागि अनुरोध गर्दछु। कार्यक्रमको लागि २-२ पटक नेपाल गएको थिए । स्कुलमा पनि केही आर्थिक सहयोग गरेको छु । पैसाहरु संकलन, सहयोगको लागि संपर्क, सहयोग सकंलनको लागि आबश्यक ठाउँहरुमा सक्दो सहयोग गरेर साथ दिएको छु।
(३) अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानले अहिले सम्म जिल्लामा कति स्कुलमा भौतिक सहयोग गरेको छ ?
→ अहिले सम्म ८ वटा स्कुल श्री बिजय उच्च मा.वि डिभर्ना, श्री कालिका नेरा माबि खन, किरण माबि खन, श्री सरस्वती माबि सितापुर, श्री नुवाकोट माबि चिदिचौर, श्री जीवनद्वार उच्च माबि वाङ्ला, श्री ज्ञान प्रकाश माबि सल्लिकोट र श्री सुधा माबि जुकेनामा मा गरी ८० वटा कम्प्युटर, २ वटा प्रिन्टर, १ फोटोकपी मेशिन, १ प्रोजेक्टर, कुर्ची, टेबलहरु बितरण गरीसकेको छ। त्यस्तै श्री सार्वजनिक उच्च माबि छत्रगन्ज, श्री सिद्द माबि बाङी, श्री शिब मदन उच्च मा.वि सतिनेता, श्री फर्सवा टाकुर उच्च मावि खिदिम र सरस्वती माबि पणेनामा अहिले योजना शुरु भएको छ भने केही स्कुलहरु अब योजनामा ल्याउने तयारी हुँदैछ ।
(४) तपाईंको अभियानका लागि कुन-कुन देशमा कस्ता-कस्ता प्रतिनिधि छन् ? सहयोग संकलन देश-देशका प्रतिनिधिले गर्छन् वा यो सबै दुबईबाट गर्नुहुन्छ ? कुन माध्यमबाट सहयोग संकलन भएको छ ?
→ स्वच्छ मनले सामाजिक कार्यमा लाग्ने, निस्वार्थी, समाजमा केही गर्नुपर्छ, समाज परिवर्तन हाम्रो पनि जिम्मेवारी हो भन्ने व्यक्तिहरु हाम्रो अभियानका प्रतिनिधि रहनु भएको छ। सहयोग सकंलन देश प्रतिनिधिबाट हुन्छ तर न्युन मात्रमा उहाँहरु बिशेष गरी अभियानको बारेमा जानकारी दिने र जनचेतना जगाउने काम गर्नुहुन्छ। सहयोग हाम्रो सिधै खातामा नै जम्मा हुने गर्दछ भने कोही साथीहरु स्कुलमा जम्मा गर्नु हुन्छ।
(५) तपाईं युएईमा अर्घाखाँची संपर्क समितीको अध्यक्ष अहिले अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानको सुरुवात पछि त्यो समिती विलिन जस्तो देखिएको छ किन ? यसरी मौन भन्दा त अरुलाई समितीको प्रमुख पद दिएर समितीलाई पहिलेको जस्तो प्रभावकारी गराउन सकिदैन र ?
→ त्यसरी भ्रम फैलाउन केही समुह लागेको हामीलाई प्रस्टसँग जानकारी छ । तपाईंहरुको यो प्रश्न पूर्वाग्रही छ । अर्घाखाँची संपर्क समिति अहिले पनि पहिले भन्दा झन बलियो र मजबुत भएर गएको छ । यूएई हरेक नेपालीका गतिबिधीमा समितिले हातेमालो गरेको छ। भुकम्प पीडित देखि लिएर अर्घाखाँची जिल्लाबाट आएका सहयोग अनुरोधलाई सक्दो सहयोग गरिरहेको छ। मैले सधैं साथीहरुलाई भनिरहेको छु अरु नयाँ पिढीलाई पनि मौका दिनुपर्छ, समाजमा राम्रा-राम्रा साथीहरुको जमघट हुँदै आएको छ। तर साथीहरुले मलाई नै ठीक छ राम्रो हुँदै भएको छ गर्नु भन्ने अनुरोधमा निरन्तर दिएको हो तर अब भने हामीले छिट्टै नै भेला बोलाई नयाँ रणनितीबारे छलफलमा जुटाउदै छौ। सकारात्मक सोच्ने र काम गर्न खोज्ने व्याक्तिहरु छनोट हुनेछन् र मेरो पुरा साथ रहनेछ।
(६) अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान अहिले साह्रै विबादमा आएको छ, अन्लाईनका समाचार अनुसार तपाईंले हवाई टिकट, परिवार, जमिन किन्ने लगायतका कार्य सोही सहयोग रकमबाट गर्नु भएको छ भन्ने छ यो के हो ? सञ्चै तपाईंले के-कति रकम प्रयोग गर्नुभएको छ या छैन ?
→ हजुरलाई त्यस्तो लागे होला तर मलाई अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान विवादमा छ जस्तो लाग्दैन । किनकी ती आफ्नो नाम लुकाइ अन्लाईनमा लेख्ने ब्यक्तीहरुको हुन, कुन आधारमा लेखे भन्ने कसैलाई नै जानकारी छैन। आफ्नो नाम लुकाएर चरित्र नभएकाहरुले मेरो चरित्र हत्या गर्ने प्रयास गरिरहेका छन त्यो पक्कै ठीक होइन । मलाई आशा छ एक दिन अबश्य जब हामी जिल्लामा केही गरेर देखाउने छौ तब त्यो व्याक्तिले आएर क्षमा माग्नेछ। मैले पनि उसले जस्तै गर्न सक्थे तर जीवनमा चरित्र एक पटक गए पछि पुन: आउन निकै कठिन् मेहनत गर्नुपर्छ। मैले उसले गल्ती गर्यो भन्दैमा आफु गर्न चाहदैन किनकी जब कसैको चरित्र गिर्छ तब मन निकै रुन्छ। मलाई मेरो व्यक्तिगत खर्चको लागि कसैसँग हात फैलाउनु पर्दैन। अहिले सम्म मेरो सामु आएका सहयोग अनुरोधहरुलाई कहिले पनि खाली हात फर्कन दिएको छैन । मेरो चार बर्षको यो सामाजिक यात्रामा व्यक्तिगत रुपबाट ७, ८ लाख जति सहयोग गरिसकेको छु भने अभियानको लागि पनि कसैसँग पनि पैसा नलिई २, २ पटक नेपाल पनि पुगेको छु र आफु सक्दो सहयोग पनि गरेको छु। अन्लाईनहरुले के-कस्ता समाचार प्रकाशन वा प्रसारण गर्ने भन्ने आबश्यक कार्यनिती नहुँदा जिल्लाका नाममा बिदेशबाट नेपालमा दर्ता नभई संचालनमा आएका केही संचारमाध्यमले समाचार बनाएर चरित्र हत्या गर्ने कोशीस गरिरहेका छन । जसको हामीले सुक्ष्म अध्ययन सुरु गरिसकेका छौ । यसमा अर्घाखाँचीका केही अन्लाईन मिडिया हाउसहरुको संलग्नता समेतका प्रमाण जुट्दैछन । अबश्य पनि गल्ती गर्नेले सजाय भोग्नै पर्छ ।
(७) अर्को तपाईंले सुरुमा डिभर्नाको एक स्कुलमा गरेको सामाग्री वितरण कार्य्रकममा विभिन्न बिषयमा धेरै खर्च देखाई लाखौं पैसा हिना बिना गरेको उक्त समाचारमा आरोप छ यो के हो ? तपाईंलाई त्यो कार्यक्रमको खर्च विवरण अर्घाखाँची डट्कमलाई पठाइदिनुस् न भन्दा अझै पठाउनु भएको छैन, सञ्चै के हो सामाग्री किन्दा पैसा हिना बिना भएको नै हो कि होइेन ? अनि भोज मनोरन्जनको खर्च के हो ?
→ हामीले कुन विधालयका लागि कति रकम छुट्टाउने भन्ने मेरो एक्लो निर्णय होइन । डिभर्ना स्कुलमा कार्यक्रम हुँदा हामीले अनाबश्यक रुपमा १ रुपैया पनि खर्च गरेका छैनौ। हामीले जहाँ पनि खर्च गरेका छौ त्यो आफ्नो मेहनत नै सम्झेर सक्दो सस्तो र मिलाएर नै गरेका छौ। अहिले सम्म त्यस्तो अनाबश्यक गरेका पनि छैनौ र गर्ने पनि छैनौ। किनकी यो रमाउन हैन समाज परिवर्तनको लागि शुरु गरिएको अभियान हो। हामीले सबै काम समुहमा गर्छौ । सबैको सल्लाह र सहमतीमा गर्ने भएकोले मलाई खर्च विवरण संचारमाध्यममा होइन अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानमै बुझाउछौ । यदी यस अभियानका कोही साथी भाइले माग्नु भएको खण्डमा हामीले हिसाब किताब पारदर्शी रुपमा देखाएका छौ । यदी संचारमाध्यम समाचार लेख्दैमा मैल