प्रेमनारायण आचार्य
ठुलापोखरा, अर्घाखाँची ६ असार । २०७१ सालको एसएलसी परीक्षामा जिल्ला प्रथम द्धितीय र तृतीयको नतीजा ल्याउन सफल ठुलापोखरा गाविसमा रहेको मालिका ईङलिस बोर्डिङ स्कुलमा आज अबीर यात्रा सम्पन्न भएको छ ।
तस्बिर: हाम्रो ठुलापोखरा, फेसबूकबाट
सदरमुकाम भन्दा झण्डै २१ किलो मिटर उत्तर ग्रामीण क्षेत्रमा रहेको यस मालीका इंगलिस इस्कुलमा अध्यनरत नबिन रेग्मी ९२.८७ अंक ल्याएर जिल्ला प्रथमको स्थान हासिल गरेका छन । त्यस्तै सोहि बिद्यालयमा अध्यन गरेका आशीश पाण्डेले ९२.५ अंकका साथ दोस्रो र एसिया श्रेष्ठले ९० प्रतिशत अंकका साथ जिल्ला तेस्रो भएको बिद्यालयका डाइरेक्टर धनीश्वर पाण्डेले बताएका छन ।
अर्घाखाँचीको इतिहासमा जिल्ला प्रथम द्धितीय र तृतीय बनाउन सफल बिद्यालय यो मात्र रहेको शिक्षबिदहरु बताउन्छन । ग्रामीण क्षेत्रमा शिक्षा प्रेमी ब्यक्तित्व स्वर्गिय चन्द्रमणी पाण्डेले खोलेका यस बिद्यालयका १४ जनाले एसएलसी दिएकोमा १० जना डिस्टिंगसन र ४ जनाले प्रथम श्रेणी हासील गरेका छन ।
यो बिद्यालय जिल्लाकै नमुना बिद्यालय मानिन्छ । यो बिद्यालयले जिल्ला प्रथम द्धितीय र तृतीय स्थान हासील गर्न सफल भएकोमा अजा अबीरयात्रा तथा र्याली ठुलापोखरामा सम्पन्न भएको छ ।
खुसीयालीमा गरिएको अबीर यात्रा पछि भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिलाधर पाण्डे, डाइरेक्टर धनीश्वर पाण्डे प्रथम हुन सफल बिद्यार्थी नबीन रेग्मी, जिल्ला तृतीय एसिया श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
तस्बिर: फेसबूकबाट