युक्रेनका पूर्वराष्ट्रपति भिक्टर यानोकोभिचले सन् २०१४ मा आफूलाई सत्ताच्यूत गर्नेक्रममा भएको रक्तपातको जिम्मेवारी स्वीकारेका छन् ।
बीबीसीसँग कुरा गर्दै यानोकोभिचले राजधानी कियभको मेइडन स्वायरमा सरकारविरोधी सयभन्दा बढी प्रदर्शनकारी मारिएको घटनाको जिम्मेवारी आफूले अस्वीकार नगर्ने बताए ।
तर, सुरक्षाकर्मीलाई गोली हान्ने आदेश नदिएको दाबी गर्दै पूर्वयुक्रेनी राष्ट्रपति यानोकोभिचले प्रदर्शनमा रक्तपात रोक्न पर्याप्त काम गर्न नसकेको बताए ।
गत वर्ष युक्रेनमा गृहयुद्ध सुरु भएपछि पश्चिमा सन्चारमाध्यममा पहिलोपटक बोल्दै उनले रुसले क्राइमिया आफूमा विलय गराउनु दूर्भाग्यपूर्ण भएपनि त्यो आफू सत्तामा रहँदा नभएको जिकिर गरे ।
रुस समर्थित यानोकोभिच कियभमा संघर्षले उग्ररुप लिएपछि सन् २०१४ को फेब्रुअरीमा भागेर रुसी सीमा पुगेका थिए । रुसको विशेष सेनाले त्यहाँबाट उनलाई सुरक्षितरुपमा रुस लगेको थियो । (एजेन्सी)