ग्रीसका सबै बैंक बन्द, रकम निकाल्नका साथै कामकाजमै रोक

 ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले मुलुकका सबै बैंक बन्द गरेर पूँजीमाथिको नियन्त्रण कायम गरिने बताएका छन् ।
बैंकहरुबाट एक हप्तासम्म रकम निकाल्नका साथै कामकाजमै रोक लगाइएको छ । युरोपियन सेन्ट्रल बैंक (इसीबी)ले ग्रीसलाई आपतकालीन सहयोग रकम उपलब्ध गराउन नसक्ने बताएलगत्तै प्रधानमन्त्री सिप्रासले बैंक बन्द गरेर रकम निकाल्न नदिने बताएका हुन् ।
जुन ३० अर्थात् मंगलबारसम्ममा ग्रीसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)लाई डेढ अर्ब युरोभन्दा बढी रकम तिनुपर्ने छ । उक्त रकम तिर्न सक्ने अवस्थामा ग्रीस छैन ।
तिर्न नसके ग्रीसलाई