अफगानिस्तानको पश्चिमी हेराद प्रान्तमा तालिबान लडाकूले थापेको धरापमा परी कम्तिमा ११ जना अफगानी सेनाको मृत्यु भएको छ ।
हेराद जिल्लाको कुरुखमा ट्रकमा गइरहेका सेना धरापमा परेका हुन् । घटनामा ६ जना सेना घाइते भएका छन् । सेनासँग भएका हतियारसमेत तालिबान लडाकूले लगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
गत डिसेम्बरमा नेटो गठबन्धन सेनाले आफ्नो १३ वर्षे अफगान मिसन समाप्त गरेपछि अफगानिस्तानमा हिंसात्मक घटना बढेका छन् । (एजेन्सी)