विजुला रायमाझी
अध्यक्ष
प्रगतिशील उद्यमी महिला कृषक समुह
स.न.पा. २, अर्घाखाँची
धान खेतीमा यान्त्रीकिकरण, उत्पादन लागतमा न्युनीकरणु
२०७२ असार पन्ध्र बारांै धान दिवश
एकजुट भइ रमाइलो गरी मनाऔं यो दिवश ….२
लौ तो बा लौ लौ……….मनाऔं धान दिवश
असारे मेला भएका छौ भेला एउटै छ भावना
पौरखी किसान सफल होउन यही छ कामना……२
लौ तो बा लौ लौ……
असार महिना किसानहरु सजाउने सपना
धन्सार भर्ने सुनौला धानले लगाइ कपना……२
लौ तो बा लौ लौ……
किसान देख्छन सुनौला सपना समृद्धि ल्याउने
यो धर्ती माथि आफुनी बाँची अरुलाई बचाउने…..२
लौ तो बा लौ लौ………….अरुलाई बचाउने
किसान दाइले पसिना पोख्छ जीवन फुलाउन
पौरखीहरुको अमूल्य धन धर्तीलाई सजाउन…..२
लौ तो बा लौ लौ……
किसान दाइको सहयोगी साथी हलो र कोदाली
काँधमा राखी आधा पेट खाइ झरेछ ओराली……२
लौ तो बा लौ लौ……
श्रमको फल निकाल्न दुस्ख जुधेर बर्ष दिन
परम्परागत विधि प्रयोग गर्दा भोकभोकै कुनै दिन…..२
लौ तो बा लौ लौ……
नेपाल हाम्रो कृषि प्रधान देश जनसख्या बढ्दो छ
नेपाली हामी सौखिन भयांै उत्पादन घट्दो छ…….२
लौ तो बा लौ लौ……
अव त बुझौं बेलैमा सोचांै कृषिमा यान्त्रिकिकरण
उत्पादन बढाऔं समयको बचत, लागत न्युनीकरण…..२
लौ तो बा लौ लौ……
कृषिमा यन्त्र, प्रविधि, सिप गर्दै जाऔं प्रयोग
लागतमा कमी उत्पादन बढी नगरौं अलमल…..२
पातको बेरी लौ भन फेरि नगरौं अलमल
रसायनिक होइन जैविक मलले रोगव्याधी घटाउँछ
प्रविधि सिप प्रयोगमा ल्याए उत्पादन बढाउँछ …..२
लौ तो बा लौ लौ……
सरकारी धन जनताको कर सही ठाँउमा पुर्याउन
पौरखीहरुलाई प्रोत्साहन गरौ दिएर अनुदान……..२
लौ बोल साथी बेलैमा बोल (सही ठाँउमा पुर्याउन)
लौ तो बा लौ लौ……दिएर अनुदान
सकारात्मक सोच, श्रममा विश्वास कृषिमा लगानी
प्रयोग गरे अचुक विधि रोगव्याधी भगाउन्…..२