अर्घाखाँचीमा मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि प्रशिक्षक प्रशिक्षण तालिम सुरु

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची १७ असार । अर्घाखाँचीमा मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारकालागि सामाजिक ब्यबहार परिबर्तन सञ्चार सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । 
 नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालय बाल स्वास्थ्य महाशाखाको आयोजना र सुआहारको सहजीकरणमा सन्धिखर्क , ठाडा र बल्कोटमा एकै साथ  चार स्थानमा तालिम सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख जगन्नाथ तिवारीले बताउनु भयो । उहाले सन्धिखर्कका  सहभागीलाई स्वागत गर्दै सकिेका कुरा र ज्ञानलाई समुदाय स्तरमा पुराउन सबै प्रतिबद्ध भएर लाग्नका लागि आग्रह गर्नु भएको छ । 
६ दिन सम्म सञ्चालन हुने तालिममा स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मि, जिल्ला बिकास समित, शिक्षा, कृषि, भेटनरी, महिला बिकास र आयुर्बेद कार्यलयमा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको जिल्ला स्वास्थ्य कार्यलयका पोषण अधिकृत तथा जनस्वास्थ्य निरिक्षक हरि प्रसाद पन्थीले बताउनु भयो ।  
जिल्लाको मातृ शिसु पोषणको सुधारकालागि सुनौला हजार दिनका गर्भबती महिला, बच्चा र तिनका परिबारको पोषणको अबस्था सुधारकालागि गाँउगाँउमा सञ्चालन हुने गाविस स्तरीय तथा वार्ड स्तरीय तालिम सञ्चालनका लागि प्रशिक्षक तयार गर्ने उदेश्यकासाथ तालिमको सञ्चालन भएको  सुआहारका जिल्ला संयोजक दिबस ढकालले बताउनु भयो । उहाले  आज देखि सुरु भएको पहिलो चरणको तालिममा सन्धिखर्क, ठाडा र बल्कोटमा गरि ९४ जनाको सहभागिता रहेको बताउनु भयो । 

अन्य समाचारहरु