अफगानिस्तानमा महिलालाई ढुंगाले हानेर मार्ने ४ जनाको मृत्युदन्डको सजाय रद्द

अफगानिस्तानको एक अपील अदालतले फरखुन्दा मलिकजान्दा नामकी महिलालाई ढुंगा हानेर मार्ने चारजनालाई दिइएको मृत्युदन्डको सजाय रद्द गरेको छ ।
बन्द सुनुवाइपछि उनीहरुको मृत्युदन्डको सजाय २०-२० वर्ष काराबासको सजायमा बद्लिएको छ ।
राजधानी काबुलमा फरखुन्दालाई ती चारजनाले ढुंगाले हानेर मारेपछि उनको शवलाई कारले कुल्चाएर आगो लगाइ जलाइएको थियो ।
फरखुन्दामाथि मुस्लिमहरुको धर्मग्रन्थ कुरानको एकप्रति जलाएको गलत आरोप लगाइएको थियो ।
फरखुन्दाका परिवार र मानवअधिकारकर्मीहरुले अदालतको फैसलामाथि रोष प्रकट गरेका छन् । फरखुन्दाको हत्यालाई लिएर विश्वभर निन्दा गरिएको छ । (एजेन्सी)