नाइजेरियामा इस्लामिक अतिवादी समूह बोको हरामले झन्डै १ सय ५० जनाको हत्या गरे

नाइजेरियामा इस्लामिक अतिवादी समूह  बोको हरामले झन्डै १ सय ५० जनाको हत्या गरेको छ ।
लडाकूहरुले उत्तर पुर्वी बोर्नो राज्यको कुकावा र मोन्गुनो गाँउमा बुधबार र विहीबार भीषण हमला गरी झन्डै १ सय ५० जनाको ज्यान लिएको बीबीसीले जनाएको छ ।
पर्यटकीय चाड ताल नजिकको कुकावा गाँउमा मात्रै ९७ जनाको हत्या गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
त्यस्तै, मोन्गुनो गाँउमा ४८ जनालाई गोली हानी हत्या गरिएको बताइएको छ । मृतकहरुमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।
नाइजेरियमा पश्चिमी शिक्षामाथि प्रतिबन्ध लगाउने उद्देश्यले सन् २००२ मा इस्लामिक समूह