सिरियाको ऐतिहांसिक शहर पल्माइरामा इस्लामिक स्टेटका लडाकूले फेरि २५ जनाको हत्या गरे

सिरियाको ऐतिहांसिक शहर पल्माइरामा इस्लामिक स्टेटका लडाकूले फेरि २५ जनाको हत्या गरेका छन् ।
उनीहरुले नै जारी गरेको एक भिडियोमा ती २५ जनालाई गोली हानेर मार्दै गरेको देखाइएको छ ।
मारिएकाहरु होम्स शहरमा खटिएका सैनिक भएको पनि आइएसले जनाएको छ ।
उनीहरु सबैलाई पल्माइराको एम्पीथिएटर भित्र गोली हानिएको थियो । गोली हान्ने १३/१४ वर्षको युवक भएको भिडियोमा देखिन्छ ।
मानिसहरु थिएटरको सिँढीमा बसेर यो क्रूर दृष्य हेरिरहेका देखन्छन् ।
मेको शुरुतिर पल्माइरामा कब्जा गरेको आइएसले यसअघि पनि त्यही २० जनाको हत्या गरेको थियो । – एजेन्सी