अमेरिकाद्धारा आगामी दुई वर्षभित्र भारी मात्रामा ४० हजार सैनिक कटौती गर्ने निर्णय

अमेरिकाले आगामी दुई वर्षभित्र भारी मात्रामा सैनिक कटौती गर्ने निर्णय गरेको छ ।
खर्च कटौतीका लागि आगामी दुई वर्षभित्र ४० हजार सैनिक कटौती गर्ने निर्णय गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ हजार गैरसैनिकको पनि कटौती गर्ने निर्णय गरेको जनाएको छ ।
यो निर्णयसँगै अब अमेरिकी सेनाको संख्या सन् २०१७ मा साढे चार लाखमा सीमित हुनेछ । इराक र अफगानिस्तनमा युद्धको अवस्थामा रहँदा सन् २०१२ सम्म अमेरिकासँग ७ लाख ५० हजार सैनिक थिए ।
अमेरिकामा सन् २००१ मा आतंकवादी हमला हुनुभन्दा एक वर्ष अघिसम्म सेनाको संख्या ४ लाख ८० हजार थियो । त्यसपछि