विशेष नापी कार्यालय अर्घाखाँचीको अत्यन्त जरुरी सुचना





विशेष नापी कार्यालय अर्घाखाँचीको अत्यन्त जरुरी सुचना



भुमि लगत तयार गर्नको लागि यस जिल्ला अन्तरगत ढिकुरा, धनचौर, सुवर्णखाल, चिदिका, धातीवाङ, अर्घातोेष, पटौटी र सन्धिखर्क नगरपालिकाको वडा नं. १ मा नाप-जाँच भईरहेको सर्वविदितै छ । जग्गा (नाप-जाँच) ऐन २०१९ को दफा ८ को उपदफा ४ तथा जग्गा (नापजाँच) नियमावली २०५८ को नियम १५ को उपनियम ५ बमोजिम साविकमा सरकारी र सार्वजनिक जग्गा जनिइ नाप-जाँच भएको कुनै जग्गा कसैले आवाद, कमोद वा घरवास गरी भोग गरेको भएपनि नापजाच गर्दा त्यस्तो जग्गा साविक बमोजिम नै सरकारी वा सार्वजनिक जग्गाको रुपमा दर्ता गरिने जानकारी गराईन्छ ।





मोहम्मद साविर हुसैन

प्रमुख नापी अधिकृत