धनचौर
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको धनचौर गाविसमा विषालु च्याउ खाँदा शनिबार चार बालिका सिकिस्त बिरामी परेका छन् ।
घर नजिकको जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा धनचौर गाविस वडा नं १ निवासी ५ वर्षीया सुस्मिता जिसी, ८ वर्षीया अस्मिता जिसी, ६ वर्षीया युवा जिसी र ८ वर्षीया गीता जिसी सिकिस्त बिरामी परेका हुन् ।
प्रहरीका अनुसार जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि सबै बालिकालाई थप उपचारका लागि बुटवलको अञ्चल अस्पतालमा पठाइएको छ ।
धनचौर