भुकम्पले चेपिएको ३ दिनपछि उद्दार गरिएका अर्घाखाँचीका ऋषि खनाललाई यूएईबाट आर्थिक सहयोग

उमाकान्त पाण्डे /यूएई , असार २८ –  नेपालमा बैशाख १२ गते शनिबार आएको विनासकारी भुकम्पपछि चेपिएर उद्दार गरिएका ऋषि खनाललाई यूएई बाट आर्थिक सहयोग गरिएको छ । 



अर्घाखाँचीबाट यूएईमा आइ रोजगारी गरिरहेका युवाहरुले भूकम्पपछि गठन गरेको अर्घाखाँची राहत कोष मार्फत ३० हजार नेपाली रुपैया सकंलन गरेर खनालको नाममा पैसा पठाएर सहयोग गरेको कोषका सचिव घनश्याम ज्ञवालिलेले जानकारी दिनुभयो । 



अर्घाखाँचीको ढाकावाङका २८ बर्षिय खनाल साथीभाइ सँग काठमान्डौको गोंगाबु बसपार्कस्थित सयपत्री गेष्ट हाउसमा बस्नु भएको थियो । भुकम्पका कारण बास बसेको गेष्ट आउस भत्किएर च्यापिएका खनाललाई सशस्त्र प्रहरी र फ्रान्सका उद्धारकर्मीले ८२ घण्टापछि जीवितै उद्धार गरेको समाचार अर्घाखाँची डट्कममा ( अर्घाखाँचीका ऋषि खनालको ८४ घण्टापछि जिवितै उद्दार-बाँच्नका लागि आफ्नै पिशाव पिएँ ) प्रकाशन भएको थियो । 



अर्घाखाँची डट्कम् मा समाचार प्रकाशन भएको थाहा पाएर आफ्नै जिल्लाको नेपालीको ज्यान जोखिममा भएको भन्दै खनालको उपचारका लागि यहाँ कार्यरत अर्घाखाँची बासी युवाहरुले संकलन गरेको ३० हजार नेपाली रुपैया आइतबार नेपाल पठाइएको कोषका अध्यक्ष रेमबहादुर जीसीले बताउनु भयो । 



‘जीवितै उद्दार गरिएका उहाको अहिले स्वास्थ्यमा थप समस्या आएको र उपचारका लागि आर्थिक समस्या भएको कोषमा जानकारी आएकोले हामीले सक्दो सहयोग सकंलन गरेर पठाएका हौ’ कोषका बिष्णु खनालले भन्नुभयो ।  

 


अन्य समाचारहरु