ठाडा गाबिसमा दलिय खिचातानीका कारण १९ लाख ५८ हजार अनुदान रकम फ्रीज

असारे झरीमा ठाडा ।

लेखनाथ पौडेल 

ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठाडा गाबिसमा आव २०७१/०७२ का लागि गाबिस अनुदान बापत प्राप्त ४२ लाख ४१ हजार रकममध्ये १९ लाख ५८ हजार १० फ्रीज भएको छ  । 
गाउँ परिषद बाट पारित ३२ योजना मध्ये १२ वटा योजनाको काम हुन नसकेको कुरा आज आयोजित पत्रकार सम्मेलनमा गाबिस सचिब बिनोद कुँवरले जानकारी दिए।
निर्धारित समयसिमा भित्रनै गाउँ परिषद सम्पन्न गरिएको भएपनि दलिय खिचातानीका कारण यति धेरै रकम फ्रीज भएको सचिव कुँवरले बताए । यता राजनैतिक दलका नेताहरुले भने आफुहरुले कुनै अवरोध नगरेको बताए । 
स्थानीय बासिन्दा भन्छन् “उपभोक्ता समिती गठन गर्दा दलले राजनिती गरे, रकम फ्रीज हुनुमा दल जिम्मेवार छन् ,गाबिसमा योजना सम्झौता गर्दानै योजनाको  नगद २५% नै धरौटी राख्नुपर्ने बाध्यताले पनि कतिपय योजनाका काम अघि बढ्न सकेनन् ।”

अन्य समाचारहरु