युरोजोनले राखेको कडा सर्तसहितको प्रस्ताव सरकारले स्वीकार गरेपछि ग्रीसका बैंकहरु खुल्ने

आर्थिक सहायता प्रदान गर्न युरोजोनले राखेको कडा सर्तसहितको प्रस्ताव सरकारले स्वीकार गरेपछि ग्रीसका बैंकहरु खुल्ने भएका छन् ।



अब बैंकबाट ग्राहकले प्रतिदिन ६० युरोसम्म निकाल्न पाउने छन् भने केही दिनपछि त्योभन्दा बढी रकम निकाल्न सकिने व्यवस्था मिलाइने ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले बताएका छन् ।

 

यसअघि, युरोजोनले प्रस्ताव गरेको सुधारका कार्यक्रम लागू गर्न ग्रीसको संसदले स्वीकृति दिएको हो । प्रस्तावित सुधार कार्यक्रम लागू गर्ने या नगर्ने विषयमा संसदमा निकै ठूलो बहस भएको थियो ।



त्यसक्रममा प्रधानमन्त्री एलेक्सिस स्रिपासले युरोजोनको सर्तप्रति आफू सहमत हुन नसके पनि त्यसको विकल्प नभएको बताएका थिए । युरोजोनको प्रस्ताव स्वीकृत भएसँगै अब ग्रीसले ८६ अर्ब युरो सहयोग पाउने छ । (एजेन्सी)