भारतको मध्यप्रदेशका भारी बर्षापछी आएको बाढीमा परी ५ जनाको मृत्यु भएको छ ।
मध्यप्रदेशको उज्जैन शहर बाढीको चपेटामा परेकाले त्यहाँका अधिकांश बस्ती खाली गरिएको छ ।
सो जिल्लामा रहेको शिप्रा नदीको बहाव बस्तीसम्म प्रवेश गरेकाले सयौं घर डुबेको छ । पुराना घरहरु बाढीबाट भत्कँदा थुप्रै घाइते भएका छन् ।
उज्जैन शहरमा रेलको लिक पनि डुब्दा रेल सेवा नै बन्द गरिएको छ । यसको प्रभाव इन्डोर, भोपाल र रतलामसम्म परेको छ ।
मध्यप्रदेश स्थानीय प्रशासयले सबै कलेज विद्यालय बन्द गर्न निर्देशन दिएको छ । -एजेन्सी