टर्कीको एक साँस्कृतिक केन्द्रमा सोमबार भएको आत्मघाती विस्फोटमा कम्तिमा २७ जना मारिएका छन् ।
टर्की र सिरियाको सीमामा रहेको कोबाने सहरमा भएको विस्फोटमा एक सयभन्दा बढी घाइते भएका छन् ।
सिरियाको सीमासँग जोडिएको कोबाने सहरको साँस्कृतिक केन्द्र पुनःनिर्माणका क्रममा आत्मघाती विस्फोट भएको जनाइएको छ ।
मारिनेमा सबै मजदुर रहेको बुझिएको छ । घटनाबारे छानबिन भइरहेको छ । (एजेन्सी)