ब्राजिलको मनौस शहरमा तीन दिनमा ३५ जनाको हत्या गरिएको छ ।
शुक्रवार रातिदेखि सोमवारबीचमा भएका यस घटनाको कारण खोजी भइरहेको प्रशासनले जनाएको छ ।
एक सुरक्षाकर्मीको बैंक बाहिर गोली हानेर हत्या गरेलगत्तै श्रृंखलावद्ध हिंसाको खबर आएको हो ।
हत्या लागूऔषध माफियाको ग्याङवारको कारण हुनसक्ने अनुमान सुरक्षा अधिकारीको छ ।
पुलिस हत्याको बदलास्वरुप केही प्रहरीले नै यो घटना गराएको हुनसक्ने आशंका पनि उनीहरुको छ ।
मारिने अधिकांश लागूऔषध कारोवारसँग जोडिएकाहरु रहेको पनि प्रहरीले जनाएको छ । घटना शहरको अलग अलग स्थानमा एकै समयमा भएको पनि बताइएको छ । (एजेन्सी)