भारतको झारखण्ड राज्य सरकारले नक्सलवादी समूहमा आवद्ध शीर्ष ७३ नेतालाई पक्राउ गर्नेलाई पुरस्कारको घोषणा गरेको छ ।
उनीहरुको मोल आठ करोड तोकिएको छ । यस्तो मोल तोकिएमा भारतीय माओवादी र पीपुल्स लिबरेशन फ्रन्ट अफ इन्डियाका कार्यकर्ता छन् ।
पछिल्लो समय निकै सक्रिय बनेको नक्सलबादीको आक्रमणमा थुप्रै सुरक्षाकर्मी मारिएपछि झारखण्ड सरकारले उनीहरुको पक्राउका लागि पुरस्कार नै तोकेको हो ।
सबैभन्दा बढी २५ लाख मोल तोकिएको छ भने तल्लो तहका कार्यकर्ताका लागि दुई लाख पाउने बोल लागाइएको छ । यसअघि सन् २००९ मा पनि नक्सलवादीहरुमाथि यसैगरी पुरस्कार घोषणा गरिएको थियो ।
नक्सलवादीहरुले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रहार गर्नुका साथै रेलको डिब्बा नै उडाउने गरेका छन् ।
नक्सलबादीले पछिल्लो आक्रमणमा २५ जनाभन्दा बढी सुरक्षाकर्मी मारिएका छन् । (एजेन्सी)