बेलायतको बर्मिंघम विश्वविद्यालयमा सम्भवतः विश्वकै पुरानो कुरान फेला परेको छ ।
१३ सय ७० वर्ष पुरानो उक्त कुरानको रेडियोकार्बन डेटिङ पाण्डुलिपी फेला परेको उक्त विश्वविद्यालयले जनाएको हो ।
मुस्लिम धर्मावलम्बीहरुको पवित्र धर्मग्रन्थ कुरानको उक्त पन्ना लगभग एक शताब्दीदेखि विश्वविद्यालयको पुस्तकालयमा रहिरहेको थियो ।
यस प्रकारको रोमाञ्चक खोजबाट मुसलमानहरु निकै आह्लादित बन्ने ब्रिटिश लाइब्रेरीका डा. मुहम्मद ईसाले बताए ।
संसारकै पुरानो पाण्डुलिपी मध्येको उक्त टुक्त मध्यपूर्वका अरु किताब र दस्तावेजका संग्रहसँगै राखिएको अवस्थामा फेला परेको हो ।
पीएचडीका शोध गर्दै रहेका शोधार्थीहरुले फेला पारेको उक्त टुक्रा रेडियोकार्बन डेटिङका लागि परीक्षण गर्न लैजाँदा आश्चर्यचकित हुने परिणाम हात लागेको विश्वविद्यालयले जनाएको छ ।
भेंडा वा बाख्राको छालामा लेखिएको उक्त कुरानको अंशलाई अक्सफोर्ड यूनिभर्सिटीमा रेडियोकार्बन परीक्षण गराइदा यो विश्वकै पुरानो पाण्डुलिपी भएको पुष्टि भएको हो ।
परीक्षणबाट उक्त लिपी ५६८ र ६४५ सन्को बीचको हुनसक्ने अनुमान गरिएको छ । यो इस्लाम धर्म स्थापनाको केही वर्षमै लेखिएको हुनसक्ने इस्लाम र ईसाई धर्म विश्वविद्यालयका प्राध्यापक डेविड थोमसको अनुमान छ ।
उनले यो लेख्ने मानिस पैगम्बर मोहम्मदकै समयको र मोहम्मदको उपदेशसमेत सुनेको व्यक्ति हुनसक्ने दावी गरेका छन् । -एजेन्सी