प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा लागु भएको मातृ शिसु तथा बाल्यकालिन पोषण सुधारका कार्यमा प्रतिबद्ध भएर लाग्ने र कुपोषण हटाउने कार्यमा आफुहरु सक्रिय भएर अघि बढ्ने गाविस सचिबहरुले प्रतिबद्धता ब्यक्त गरेका छन ।
गाविस सचिबहरुकालागि आयोजना गरिएको गाँउ बिकास समिति स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको गठन तथा काम कर्तब्य बिषयक एकिकृत पोषण सम्बन्धि सुआहारा कार्यक्रमको परिचयात्मक गोष्ठीमा सचिबहरुले नेपाल सरकारको पोषण सुरधारको लक्ष्य प्राप्तीकालागि आफुहरु प्रतिबद्ध भएर काम गर्ने बताएका हुन ।
सचिबहरुले चाडोनै गाविस स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको गठन गरि सुनौला हजार दिनका आमा तथा बच्चाको स्वास्थ्य स्थीती सुधार गर्ने कार्यमा लाग्ने बताएका हुन ।
सुआहारा कार्यक्रमको बारेमा जिल्ला संयोजक दिबस ढकालले जानकारी गराउनु भएको थियो । उहाले जिल्लाको मातृ शिसु पोषणको सुधारकालागि सुनौला हजार दिनका गर्भबती महिला, बच्चा र तिनका परिबारको पोषणको अबस्था सुधारकालागि गाँउगाँउमा कार्यक्रम सञ्चालन हुने जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत निरज पौडेल,सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत राम जोसी,जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरिक्षक लिलाराम गौतम, पोषण फोकल प्रसन हरिप्रसाद ज्ञवाली, गाविस सचिब नारायण प्रसाद भटराई लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम गाविस सचिब हक हित संरक्षण केन्द्रका अध्यक्ष रुकेन्द्र पालुंगेको अध्यक्षता, सुआहारका पोषण अधिकृत मिलन लोप्चनको सञ्चालन र लुम्बिनी सामाजिक बिकास केन्द्रका कृष्ण प्रसाद पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
जानकारी: कृपया यहाँ राखेका कुनै पनि समाचार अनुमती बिना पुन: प्रकासित गर्न मनाही छ।