ओबामा अमेरिकाको राष्ट्रपति बनेपछि पहिलो पटक आफ्नो पैतृक घर केन्यामा

अमेरिकी राष्ट्रपति बराक ओबामा अमेरिकाको राष्ट्रपति बनेपछि पहिलो पटक आफ्नो पैतृक घर केन्या पुगेका छन् ।
नैरोबी विमानस्थलमा केन्याका राष्ट्रपति अहरु केन्याटाले ओबामालाई स्वागत गरेका थिए । केन्या पुगेलगत्तै उनले आफ्ना सौतेनी बहिनी, आमासँग पनि भेट गरे ।
होटलका लागि जाँदै गर्दा बाटामा ठूलो जनसमूहले उनलाई भव्य स्वागत गरेको थियो । दुईदिने यात्राका क्रममा ओबामाले केन्यामा राष्ट्रपति केन्याटा र शीर्ष अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।
ओबामाले समलैंगिकमाथि भइरहेको भेदभावविरुद्ध अफ्रिकी नेताहरुसँग कडा ढंगले कुरा उठाउने पनि बताएका छन् । केन्या र इथियोपियाको आफ्नो भ्रमण पूर्वी अफ्रिकामा अतिवादसँग लड्न अमेरिकी प्रतिबद्धता व्यक्त गर्नुरहेको पनि उनले उल्लेख गरेका छन् ।
ओबामाले आइतबार इथियोपियामा हुने अफ्रिकी युनियनको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । अफ्रिकी युनियनलाई सम्बोधन गर्ने ओबामा नै पहिलो राष्ट्रपति हुनेछन् । (एजेन्सी)