विश्व स्वास्थ्य संगठनले अफ्रिकी मुलुक नाइजेरियालाई पोलियोमुक्त राष्ट्र घोषणा गरेको छ ।
सन् २००३ देखि पोलियो प्रभावित देशको सूचीमा रहेको नाईजेरियामा सन् २०१५ मा पोलियोको कुनै बिरामी देखा नपरेपछि पोलियोमुक्त राष्ट्र घोषित गरिएको हो ।
अफगानिस्तान र पाकिस्तान भने पोलियो प्रभावित राष्ट्रको सूचीमा अझै कायम छन् । यी दुई देशमा यही बर्ष पोलियोका बिरामी देखा परेका छन् ।
कुनै औषधि उपचारबाट निको नहुने यो रोगको एउटै उपाय खोप हो । अफगानिस्तान र पाकिस्तानमा पोलियो रोकथामका लागि दिइने खोप कार्यक्रमलाई अवरोध गर्दा पोलियोका रोगीको संख्या बढ्ने गरेको छ । (एजेन्सी)