पञ्जाव । भारतको पञ्जाव राज्यमा सोमबार बिहान अज्ञात बन्दुकधारीले एउटा प्रहरी चौकीलाई निशाना बनाएर हमला गरेका छन् ।
गुरुदासपुरमा भएको सो घटनामा कम्तीमा पनि चार जनाको मृत्यु भइसकेको जनाइएको छ । हतियारधारीले सुरुमा एउटा बसमा आक्रमण गरेका थिए । लगत्तै उनीहरुले एउटा प्रहरी चौकीमा आक्रमण गरेका छन् ।
गुरुदासपुरका जिल्ला आयुक्त डा. अभिनव त्रिखाका अनुसार हमलामा कयौं घाइते भएका छन् । उनका अनुसार सुरक्षा कारवाही जारी रहेका कारण अहिले घाइते र मृतकको यकिन विवरण आउन सकेको छैन । तर कम्तीमा पनि चार जनाको मृत्यु भइसकेको उनले बताए ।
दीनानगर प्रहरी चौकीमा हमलाकारीहरु प्रवेश गरेको जनाइएको छ । सो चौकीलाई सुरक्षाकर्मीले घेरेका छन् । हतियारधारीहरुले चौकीभित्रैबाट गोली चलाइरहेको जनाइएको छ ।
हतियारधारीहरु कति संख्यामा छन् र उनीहरुसँग के-कति हतियार छ भन्ने प्रष्ट हुन नसकेको सुरक्षा अधिकारीहरुको भनाई छ ।
भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले पञ्जावका मूख्यमन्त्री र बोर्डर सेक्यूरिटी फोर्सका महानिर्देशकसँग घटनाबारे जानकारी लिएका छन् । उनले भीडन्तस्थलमा थप सुरक्षाकर्मी पठाइएको बताए ।
उनले ट्वीट गर्दै चाँडै नै स्थिती नियन्त्रणमा आउने विश्वास आफूले लिएको बताएका छन् । उनले भनेका छन्,